🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्डकाे भारत भ्रमण वैशाखकाे अन्तिम सातामा हुने

काठमाडाैं । प्रधानमन्त्री भएपछि जसरी पनि भारत भ्रमणमा जाने प्रयासमा रहेका प्रचण्डलाई भारतले २०८० बैशाखको अन्तिम साता बोलाउने संभावना रहेको छ । २०८० वैशाख २७ र २८ गतेका लागि प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणको  गृहकार्य दुबै देशले गरिरहेकाे स्राेत बताउछ ।

परराष्ट्र मन्त्रालयले पनि त्यही मितिमा केन्द्रित भएर छलफल र तयारी अगाडि बढाएको छ । तर, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका के के विषय उठ्ने भन्ने चाहिँ अहिलेसम्म औपचारिक छलफल भएको छैन । प्रचण्डले गिफ्टको रुपमा के माग्छन ? त्यसबापत प्रचण्डले के के बुझाउँछन् ? प्रश्न गम्भीर बनेको छ ।

अहिले प्रचण्ड कम्तीमा पनि ३ वटा जलविद्युत आयोजना भारतलाई दिन लागेका छन् । चिनियाँ कम्पनीले चासो तमोर पनि भारतलाई दिने प्रचण्डको लाइन रहेको छ । तल्लो अरुण पनि भारतलाई दिन प्रचण्ड तयार देखिइसकेका छन् ।

पछिल्ला दिनमा नेपालका खोलामा भारतीय कब्जा बढिरहेको छ । त्यसमा पनि प्रचण्डले सहजीकरण गरिरहेका छन् । पटकपट उर्जा मन्त्रालयमा आकर्षण देख्ने र उक्त मन्त्रालयको नेतृत्व गर्ने माओवादीले चिनियाँ लगानीलाई निरुत्साहित गरेर भारतीय कम्पनीलाई खोलाहरु सुम्पी रहेका छन् ।

चिनियाँ कम्पनीसँग ठेक्का तोड्ने र भारतीय कम्पनीलाई अस्वभाविक रुपमा सुम्पिनेमा बर्षमान पुनदेखि पम्फा भुसालसम्म रहेका छन् । अहिले प्रचण्ड पनि त्यही लाइनमा रहेका छन् । सोहीकारण आफ्ना एसम्यान शक्ति बस्नेतलाई उर्जामन्त्री बनाएका छन् ।