काठमाडौं, १२ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज २०८० वैशाख १२ गते दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा कुवेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मूलपानी मैदानमा कतार र मलेसियाका बिचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
मूलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइन बिचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।



