🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनसरीबाट एकै दिन २२ जना फरार प्रतिवादी पक्राउ

वैशाख १३ सुनसरी । सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।