🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

काठमाडौँ, १४ वैशाख (रासस) :

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो ।

 
 
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११÷११ रन बनाए ।
 
 
बलिङतर्फ कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन/तीन विकेट लिए । यस्तै गयान मुनवाराले दुई विकेट लिए । नेपालले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित तथा एउटामा अङ्क बाँडेको थियो ।
 
 
नेपाल हालसम्म पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । नेपालले साउदी अरेबियासँग वर्षाको कारण अंक बाँडेको थियो ।
 
 
आजको खेलमा जित हासिल गरे नेपाल समूह ‘ए’ को विजेता बन्ने छ । कतार हालसम्म खेलेका तीनवटै खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । –––