🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल-चीन सम्वन्ध जनस्तरसम्म कायम : उपराष्ट्रपति यादव

भक्तपुर, २० वैशाख । उपराष्ट्रपति राम सहाय यादवले नेपाल र चीन दुई देशवीचको सम्वन्ध जनस्तरसम्म नै कायम रहेको बताएका छन् । डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरले सञ्चालन गर्न लागेको निःशुल्क शल्यक्रियाको बुधबार अस्पताल परिसरमा उदघाटन गर्दै उनले नेपाल र चीनबीचको सम्वन्ध सरकारीस्तरमा मात्रै नभई जनस्तरमासमेत प्रगाढ रहँंदै आएको बताए । त्यस अवसरमा उपराष्ट्रपति यादवले चीनबीचको मित्रता गहिरो रहेको बताए । 

अस्पतालले वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको छ । त्यसैको बुधबार उदघाटन गरिएको हो । यसअघि वैशाख ९ गते मोतीविन्दुका विरामीहरुका लागि निःशुल्क आँंखा शिविर सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त शिविरबाट लाभ लिएका विरामीहरुका लागि निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको हो । 

कार्यक्रममा अस्पतालका मेडिकल कोअर्डिनेटर डा जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछीग होइसँंग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतिविन्दुका विरामीहरुको निःशुल्क आँंखा शिविर गरेको जानकारी गराए । कार्यक्रमका अन्य वक्ताहरुले पनि नेपाल चीन सम्वन्धबारे चर्चा गरेका थिए ।