🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्नाटककाे निर्वाचन जितेपछि राहुल गान्धीले भने, \’नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो\’

नयाँदिल्ली, ३१ बैशाख । कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् ।

भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’

२२६ सिट रहेकाे कर्नाटकमा कांग्रेसले सरकार बनाउन आवाश्यक ११३ सिट भन्दा बढी अर्थात १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबिच, कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।