🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

इस्लामावाद । पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भनेर सम्बोधन गर्न नपाइने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न प्रतिबन्ध लगाउने आदेश गरेका छन् ।

आफ्नो दुई पृष्ठको आदेशमा प्रधानन्यायाधीशले ‘साहिब’ शब्दले अनावश्यक रूपमा अधिकारीको हैसियत उचाल्ने र जनताप्रति जवाफदेही नभएको अनुभूति गराउने बताएका छन् ।
इसाले कसैको पदमा ’साहिब’ शब्द जोड्नु ठीक नभएको बताउँदै यसले अधिकारीहरूमा गर्वको भ्रम सिर्जना गर्ने पनि उल्लेख गरेका छन् । 

प्रधानन्यायाधीशले गत वर्ष पेशावरमा एक बालकको हत्याको सम्बन्धमा दायर गरेको निवेदनको सुनुवाइ गर्दै गर्दा यस्तो आदेश आएको हो । उनले फैसलामा खैबर–पख्तुनखा प्रान्तका महाधिवक्ताले स्थानीय प्रहरी सहायक निरीक्षकलाई ‘डीएसपी साहिब’ भनेर सम्बोधन गरेको पनि उल्लेख गरेका थिए ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीशले महाधिवक्तालाई गाली पनि गरेका थिए । उनले त्यतिबेला भनेका थिए ‘साहिब बोलाएर सबै बिगार्यौ । उहाँ डीएसपी वा असक्षम डीएसपी हुनुहुन्छ, साहिब होइन ।’

न्यायाधीश इसाले यो मुद्दामा चालान दुईवटा बयानमा आधारित रहेको र उचित अनुसन्धान नभएको पनि टिप्पणी गरेका थिए ।