(गोविन्द केसी मेडिकल शिक्ष्ाँको गुणस्तरको नाममा अनशन बसेको यो १५ औं पटक हो । काठमाडौबाट सरेर केसीको अनशन जुम्ला पुगेको छ तर माग भने पुराना नै छन् । निरन्तरतामा उठाइएका माग पूरा गर्न जुम्ला पुगेका केसी साँच्चै गैरराजनीतिक व्यक्ति हुन् त ? भन्ने प्रश्न उठ्न थालेको छ । विगतमा झै उनको समर्थनमा जुलुश र समर्थन देखिदैन । विस्तारै घट्न थालेको उनको पारो मान्छेले बुझेर हो कि आजित भएर हो भन्न सकिदैन । तर, सहकर्मी पनि सन्तुष्ट हुन सकेका छैनन् केसीको अनशनप्रति । यसै मेसोमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व सहायक डीन प्रा.डा. रतिन्द्र श्रेष्ठसंगको केसी अनशनबारे गरिएको कुराकानीको सम्पादित अंश–सम्पादक)
० अहिले १५ औं अनसनमा छन् डा. गोविन्द केसी । केसीले भनेजस्तै नेपालको मेडिकल शिक्षामा माफियाकरण भएको हो ?
–अनसनको मकसद के हो भन्ने कुरा सूक्ष्मरुपमा अध्ययन गर्न आवश्यक छ । अहिलेसम्म जे भइरहेको छ त्यो लहडमा भइरहेको छ । हचुवाको भरमा मुद्दाहरू उठाएर मान्छेलाई भ्रमित बनाउने काम भएको छ । मान्छे स्वयम्ले पनि बुझेन प्रयास गरेका छैनन् । केसीको आन्दोलन कति सही कति गलत छन् भन्ने कुरा, हरेक अनसनमा मेडिकल शिक्ष्ाँको गुणस्तरको प्रश्न उठाएर गोविन्द केसी अनसनमा बस्छन् । अनि केही व्यक्तिलाई माफिया भन्छन् । कुनै व्यक्तिलाई त्यसरी आक्षेपलाई लगाउन मिल्छ ? अदालत वा अरु कुनै संंस्थाले प्रमाणित नगरी व्यक्तिलाई आरोप लगाउन मिल्छ ? त्यो मिल्दैन । तर, केसी आफै संस्था बनेर आरोपित गरिरहेका छन् । केसीले भनेको जस्तो नेपालको मेडिकल शिक्ष्ाँ न गुणस्तरहीन छ न त माफियाकरण मात्रै भएको छ हो, केही कमीकमजोरी होलान । त्यो सुधार आवश्यक छ । तर त्यसका लागि अनसन नै एक मात्र बाटो हो, अनसन नै बसिरहने भन्ने त हुँदैन नि ।
० नेपालका मेडिकल कलेजमा खडे बाबाहरूको विगिविगी भएको चर्चा त व्यापक बन्ने गरेको छ । त्यसले गुणस्तरमा प्रश्न त उठ्छ नि केसीले भनेजस्तै ?
–मेडिकल कलेजको अनुगमनमा जाँदा विरामी नहुने शिक्ष्ँक नहुने भएकोले नक्कली शिक्ष्ँक र विरामी राखिन्छ भन्ने चर्चा छ । त्यो सत्यमा पनि होला केही मेडिकल कलेजको हकमा । तर, त्यो एउटा, दुईवटा संस्थाको कुुरालाई लिएर पुरै मेडिकल कलेजको बद्नाम गर्न पाइँदैन । दोस्रो कुरा, त्यसको नियमित अनुगमन गर्ने काम मेडिकल काउन्सिलको हो । त्यसले के हेरेर बसेको छ । बर्षमा एकपटक कर्मकाण्डी पारामा अनुगमन गरेर मात्रै हुँदैन । नेपालको मेडिकल शिक्ष्ाँ केसीले भनेजस्तो कमजोर गुणस्तरहीन छैन ।
० त्यसो भए गोविन्द केसी बढी राजनीतिमा केन्द्रित भएका हुन ?
–हो, गम्भीर कुरा नै यही छ । गोविन्द केसीले राजनीतिक गरिरहेका छन् कि छैनन ? वा गोविन्द केसीका एजेण्डा राजनीतिक हुन् कि गैरराजनीतिक भन्ने कुरा नै बुुझिएन । आम सर्वसाधारणले त्यो कुरा बुझ्न चाहेनन, राजनीतिककर्मी, मेडिकल पर्सन र मिडियाकर्मीहरूले बुझ्न चाहेनन् । जनताले त बुझेनन् तर बुद्धिजीवीले त कुरा बुझ्नुपर्छ नि, तिनीहरूले पनि बुझेनन् । नेपालका बुद्धिजीवी लालवुझ्क्कडमात्रै भए । निर्वाचनको बेला गगन थापा, उज्ज्वल थापाहरूको भोट माग्दै हिंड्ने गोविन्द केसी कसरी गैरराजनीतिक चरित्रका हुन्छन् ? उनका हरेक मुद्दा राजनीतिबाट प्रेरित छन् । नियतबस ल्याउछन् । मेडिकल क्ष्ँेत्रकै साथीहरू पनि केसीको मुद्दा गैरराजनीतिक भनेर हिंडिरहेका छन् । त्यो नै गलत छ ।
० तर, मेडिकल कलेजको गुणस्तरको प्रश्न त जायज छ नि होइन ?
–मेडिकल कलज, अस्पतालहरूमा सेवा गुणस्तरीय हुनुपर्छ भन्ने कुरामा कसले असहमति जनाएको छ र ? त्यो सही छ । तर, मेकिडल कलेजको गुणस्तर कसले मापन गर्ने ? गोविन्द केसी कि मेडिकल काउन्सिल वा सम्बन्धन दिने निकायले ? पक्कै केसी होइनन् । यसोभन्दा केसीले गुणस्तरका प्रश्न उठाउन पाउँदैनन् भनेको होइन । गम्भीर कुरा यहीँनेर छ । अहिले त्रिविको चिकित्साशास्त्र अध्ययन संंस्थानको डीन को छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी को छ ? गोविन्द केसीकै मान्छे हुन् । अनि उनीहरूले के गरिरहेका छन् ? त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन लिएका कलेजको गुणस्तर हेर्ने त्यही नियुक्ति लिएका गोविन्द केसीका मान्छेहरूको होइन । अनि उनका मान्छे केही गर्न नसक्ने, आन्दोलन गरेर आफ्ना मान्छे संस्थामा सेटिङ गर्ने अनि तिनले केही गर्न नसक्ने । त्यसपछि अनशन बसेर गुणस्तरको कुरा गरेर हुन्छ ? नेपालमा अहिले पनि मेडिकल कलेजको गुणस्तर चीन, वंगलादेश, फिलिपिन्समा अध्ययन गर्नेको तुलनामा गुणस्तरीय छन् । त्यो मेडिकल काउन्सिलको परीक्ष्ाँले पुष्टि गरेको हो । कि गोविन्द केसीले यसलाई पनि नक्कली भन्नु प¥यो ।
० यसको मतलब त गुणस्तरको नाममा विद्यार्थी वाहिर जान प्रेरित हुने भए नि ?
–हो, अहिले गोविन्द केसीको आन्दोलनका कारण सयौं विद्यार्थीहरू विदेशमा पढ्न गएका छन् । अहिले पनि वंगलादेशमा करीब ३ सय विद्यार्थी त्यहाँका नक्कली मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् । त्यो जनशक्ति भोलि नेपालमै काम गर्न आउने हुन् । त्यसलाई गुणस्तरीय देख्ने हो गोविन्द केसीले ? रकमको हिसावले पनि अर्बौं रुपैयाँ वाहिरिएको मेडिकल शिक्ष्ाँको नाममा ।
० त्यसो भए केसीको अनसनमा कन्सल्टेन्सीको प्रभाव छ ?
–त्यो त प्रष्ट देखिएको छ । केही कन्सल्टेन्सीले केसीको समर्थनमा माइतीघर मण्डलामा आन्दोलन गर्न पठाउने गरेका छन् । तिनीहरूले केसीको हरेक अनसनमा सहयोग गरिरहेका हुन्छन् । यो सब किन भइरहेको छ ? के अर्थमा भइरहेको छ ? यसको खोजविन पनि हुनुपर्छ । विचरा ती विद्यार्थीलाई केसीले तिम्रो पक्ष्ँमा लडिरहेको छ भन्ने अनि बंगलादेश, चीन, फिलिपिन्सतिर पढ्न पठाउने काम तिनै कन्सल्टेन्सीले गरिरहेका छन् ।
० मेडिकल शिक्ष्ाँ सुधार गर्ने एक्लो जिम्मा केसीको जस्तो देखिएको छ, यसको रहस्य ?
–होइन, त्यसकारणले त लहडमा रहरमा मेडिकल माफियाहरूको उक्साहटमा र राजनीतिबाट प्रेरित भएर अनशन नबसौ भनेको हो त । मेकिडल कलेज सम्बन्धन दिने संस्था र मेडिकल काउन्सिलको काम के हो त ? गुणस्तर कायम गर्ने होइन ? उनीहरूले अनुगमन, नियमन र कारबाही गर्ने हो नि मापदण्ड पूरा गरेका छन् कि छैनन भनेर । त्यो काम चाहिं नगर्ने, ती संस्थामा केसीका मान्छे छन् उनीहरूलाई केही गर्न नसकेपछि राज्यलाई दोष दिएर हुन्छ ? राज्यले प्रतिनिधि तोक्ने हो, ती प्रतिनिधिले प्राप्त स्रोत र साधनको उपयोग गरेर काम गर्नेे हो । त्यो काम किन नभएको त ? अहिले जानकी मेडिकल कलेजको हालत के छ ? यो प्रश्न कसैले उठाउँदैन ।
० तपाईको भनाइबाट बुझ्ने चाहिं केसी कांग्रेसीकरणबाट प्रेरित छ ?
–त्यो देखिएकै छ । गगन थापालाई भोट माग्दै हिंड्ने, उनको अनशनमा केदारनरसिंह केसीदेखि मेडिकल एशोशिसयन लाग्ने । एशोसिएशन विगत ३० बर्षदेखि कांग्रेसीहरूकै प्रभावमा छ । केही वामपन्थी डाक्टरहरू पनि आन्दोलनमा छन् । तर, त्यो कुरा नबुझेर हो । डा. केसीको अनसन मेडिकल माफिया र राजनीति प्रेरित छ भन्ने कुरामा दुईमत छैन ।
० एउटा सरकारी कर्मचारी सरकारकै विरोधमा अस्पतालमा अनशन बस्न मिल्छ ?
–यो गम्भीर प्रश्न हो । सरकारको नीति नियमप्रति असहमति हो भने त्यो असहमति जाहेर गर्ने निश्चित ठाउँ छ सरकारी कर्मचारीलाई । नत्र खुलेआम विरोध गर्न यसरी त मिल्दैन । अर्को कुरा अनशन अस्पतालमा बस्ने होइन । खुल्ला मञ्चमा रत्नपार्कमा बसे हुन्छ । अस्पताल अत्याआवश्यक क्षेत्रभित्र पर्छ र अदालतले पनि अनशन नबस्नु भनेको छ । तर, केसीले अदालतको आदेश पनि मानिरहेका छैनन् र अस्पताललाई अनशन क्ष्ँेत्र बनाइरहेका छन् ।
० चिकित्सा शिक्षा आयोग बनाउनुपर्ने माग छ । त्यो आयोग बन्यो भने सबै कुरा ठीक हुने हो ?
–वँस्तवमा यो आयोगको काम छैन । आयोग बनाएर केही व्यक्तिलाई जागिर खुुवाउने काम त होला तर त्यो गैरराजनीतिक हुँदैन । प्रधानमन्त्री, शिक्षा मन्त्री आयोगको अध्यक्ष उपाध्यक्ष्ँ रहन्छन् । त्यसले आयोग स्वत राजनीतिक हुन्छ । अनि आयोगले मेडिकल कलेजको सम्बन्धन दिने, अनुगमन गर्ने, कारबाही गर्ने सबै काम गर्ने हो भने चिकित्साशास्त्र अध्ययन संस्थानहरू किन चाहियो ? मेडिकल काउन्सिल किन चाहियो ? एउटै संंस्थालाई सबै अधिकार दिएपछि त्यो संस्थाले कसरी काम गर्छ ? उसले गर्ने काम कति निश्पक्ष हुन्छ भन्ने प्रश्न उठ्छ ।
० तर, यहँँ त प्रधानमन्त्री नै केसीसंग लडेर बस्नुपर्ने अवस्था छ नि ?
–यो नै सबैभन्दा ठूलो विडम्बना हो । एउटा सरकारी कर्मचारीले के के माग उठाउछ र अनशन बस्छ उसको कुरा सुनेर देशको नीति नियम परिवर्तन उसलाई अनुकुल हुनेगरी बनाइदिनुपर्नेछ । यस्तो पनि कहीँ हुन्छ ? प्रधानमन्त्रीले त गोविन्द केसीसंग लडेर बस्ने होइन नि । तर, केसीको राजनीतिक चरित्रले प्रधानमन्त्री मुछिनुपर्ने बाध्यता छ ।
० काठमाडँैंमा १० बर्ष मेडिकल कलेज सम्बन्धन दिन नहुने कुरामा किन विरोध गर्ने त ?
–काठमाडौंमा मेडिकल कलेजलाई सम्बन्ध दिंदा चाहिं के विग्रिन्छ त ? अर्थात् विरोधका लागि विरोध गर्नु हुँदैन । हो, काठमाडौमा मेडिकल कलेज धेरै खोल्न हँुदैन भन्ने कुरामा म पनि सहमत छु । तर, समयसीमा तोकेर दिन नहुने भन्ने पनि हुन्छ । विगत कतिबर्षदेखि मेडिकल कलेजहरू सम्बन्धन पाएका छैनन ? पाएको अवस्था कस्तो छ ? सम्बन्धन नपाउने भएका कलेजको सीट कटौती गर्दा विद्यार्थी कति बाहिर गए ? यसको पनि विश्लेषण गरौं । सरकारले प्रदेशमा मेडिकल कलेज खोल्ने भन्दै आएको छ । त्यो पनि काठमाडौ बाहिर नै हो । त्यसो हँुदा काठमाडौभित्र यति बर्षसम्म भनेर किन तोक्ने भन्ने मात्रै हो । मेडिकल कलेज उपत्यकाबाहिर बढी खुल्नुपर्छ भन्ने पक्ष्ँमै हो म पनि ।
० घुमिफिरी रुम्जाटार भनेजस्तै १५ औं अनशनसम्म केसी एउटै मागमा छन । को गैरजिम्मेवार हो ?
–सम्झौता गर्ने कार्यान्वन नगर्ने शैलीले समस्या सिर्जना गरेको हो । सरकारले सम्झौता गर्ने बेलामा यो यो सकिन्छ यो यो सकिदैन भनेर भन्नुपर्छ र त्यसै अनुसार सम्झौता गर्नुपर्छ । तर, सम्झौता गर्ने बेलामा जे पनि गर्दिने अनि पछि समस्यामा फस्ने काम भइरहेको छ । दोस्रो कुरा केसी पनि एउटै माग लिएर पटकपटक अनशन बस्ने हो कि होइन ? अनशनलाई यसरी सस्तो र कमजोर हतियारको रुपमा प्रयोग गर्न मिल्दैन । कतिपय कुरा सल्लाह गरेर छलफल गरेर अन्य कुनै दबाबले पनि पििरवर्तन गराउन सकिन्छ ।
जुन काम अनसन प्रिय केसीले गर्दैनन् । सरकारी जागिरे डाक्टर केसी आफ्नो जिम्मेवारी दायित्व सबै छाडेर हिंड्ने, नियम, कानूनभन्दा माथि त होइनन् नि । आफ्ना विरामीलाई अस्पतालमा बिचल्ली पारेर लहड चल्यो वा केहीे भयो कि अनशन बसिहाल्ने केसी प्रवृत्ति ठीक होइन । सरकारी कर्मचारीको यो राम्रो प्रवृत्ति होइन, भएन ।




