🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेशनल लाईफ इन्स्योरेन्सकाे ३५औँ वार्षिक साधारण सभा आह्वान

काठमाडौ, ७ जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको ३५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ २२ गते सोमबार सभा आह्वान गरेको हो । कम्पनीका अनुसार २२ गते बिहान १०ः३० मा नेशनल लाईफ भवन केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौँमै सभा आह्वान गरिएको हो ।

इन्स्योरेन्सले सभाको लागि जेठ ११ गते १ दिन बुक क्लोज गर्ने भएको छ। तसर्थ १० गतेसम्म कम्पनीको शेयर खरिद गर्ने सेयरधनीले मात्रै उक्त सभामा भाग लिन पाउनेछन् ।

गत आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन छलफल र पारित गर्ने गत आर्थिक वर्षको वासलात, आय–व्यय हिसाब तथा लेखापरिक्षकको प्रतिवेदन छलफल गरि पारित गर्ने चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको हाल अद्यावधिक रुपमा कायम चुक्ता पूजीँ ४ अर्ब ६४ करोड ४ लाखको ६ दशमलव ५ प्रतिशतका दरले ३० करोड लाभांश पारित गर्ने बोनस सेयर बापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार ६ सय ६१ रुपैयाँ नगद लाभांश स्विकृत गर्नेछ ।

बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने कम्पनी ऐन २०६३ को दपफा १०५(१) ग बमोजिम गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्नेछ ।