🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अप्पर स्याङ्गे हाइड्रोपावरकाे आईपीओ जेठ १६ गतेसम्म बिक्री खुला

काठमाडौ, ७ जेठ । अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरिरहेको छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो । 

जसअनुसार १ सयअंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् । यस आईपीओमा लमजुङकाे मर्स्याङ्दी-९ साविक घनपोखरा-१ र २, खुदी- ३, ताघ्रिङ – ४, घेरमु -५ का स्थानीयल आवेदन दिन पाउनेछन् । 

यसैगरी, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।  त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १०% ले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यसमा जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आइपीओलाई केयर एनपी डबल 'बी' रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन फारम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।