🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकारको नाम कसले किन काट्यो ?

 काठमाडौं । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा विदेश मामिलाबारे जानकार, विश्वासिलो पात्र सहभागी हुन पाएन । प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश सल्लाहकार नियुक्त गर्न नसक्दा परराष्ट्र मन्त्रालयका सचिव र सहसचिवहरुकै भरपर्नु प¥यो । हुन त, परराष्ट्र मन्त्रालयका अधिकारीलाई विश्वास गर्नु आफै राम्रो हो तर प्रधानमन्त्रीसँग सुरक्षा र विदेश मामिलाबारे विशेष सल्लाह र जानकारी दिनसक्ने आफ्नो विश्वासिलो पात्र नहुँदा भ्रमणका क्रममा प्रचण्ड दबाबमा परेको विश्लेषण भइरहेको छ ।

स्मरणीय कुरा चाहिं के छ भने चीनमा पढेर पीएच डी समेत गरेका व्यक्ति भारतका लागि स्वीकार्य हुनै सक्दैन । त्यसैले भारत बेखुस हुने काम प्रचण्डले स्वतन्त्र रूपमा निर्णय गर्न नसक्ने अहिलेकाे बाध्यता रहेकाे कुरा माओवादी केन्द्रका एक नेताले बताए ।  

  प्रधानमन्त्री प्रचण्डले भारतसँगको सम्बन्ध नबिगार्नका लागि नै परराष्ट्र सल्लाहकार नियुक्त नगरेको बताइएको थियो । नेपालको इतिहासमै प्रधानमन्त्री भएको सबैभन्दा लामो समय(१६० दिन, २०८० जेठ २० गते)सम्म प्रधानमन्त्रीसँग परराष्ट्र सल्लाहकार नभएको अवस्था बनेको छ ।

स्रोत भन्छ, प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा नियुक्तिको पत्र बनेर पनि रद्द गरिएको पनि इतिहासमै पहिलो पटक हो । विदेशी शक्ति केन्द्रको विशेष चासो र दबाबमा प्रचण्डले परराष्ट्र सल्लाहकार नियुक्त गर्न नसकेको पनि चर्चा भइरहेको थियो ।

माओवादी नेताहरुको भनाइमा चाहिँ प्रचण्डले भारत भ्रमण सकेर फर्केपछि परराष्ट्र सल्लाहकार नियुक्त गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र स्रोतका अनुसार, भारत भ्रमण सकेर आएपछि उनी परराष्ट्र सल्लाहकार नियुक्त गर्नेबारेमा पार्टीभित्र पनि सामान्य छलफल गरेका छन् । तर, पात्रको विषयमा भने प्रष्ट भएको छैन । संभवत  पहिलो पटक प्रचण्डको भारत भ्रमण भने परराष्ट्र सल्लाहकार विना नै सम्पन्न भएको छ । विगतमा प्रधानमन्त्रीहरुको भ्रमण हुँदा परराष्ट्र सल्लाहकार हुने गरेका थिए ।

विदेश मामिला निकै संवेदनशील भन्दा पनि अहिले धेरै पेचिलो बनेका कारण प्रधानमन्त्री प्रचण्डले नियुक्ति गर्न सकेका छैनन् । प्रचण्डले नियुक्ति गर्न चाहेका व्यक्तिको नाम अन्तिम समयमा काटिएको थियो ।

चीनबाट पीएच डी गरेका डा. रुपक सापकोटा र ३० वर्ष पत्रकारिता र पाँच वर्ष डेनमार्कलगायतका देशकाे राजदूत भइसकेका युवनाथ लम्सालको नाम बाहिर चर्चा आएर पनि ३ महिनाअघि नाम काटिएपछि प्रचण्ड स्वयम् ले परराष्ट्र सल्लाहकारमा अरुलाई नियुक्त गरेका छैनन् । उनीहरुमध्ये एकजनालाई प्रचण्डले नियुक्त गर्न खोजेका थिए ।

 सापकोटा र  लम्साल दुबै पात्रले भूराजनीतिक  विषय बस्तुमा कलम चलाउँदै आएका छन् । डा. सापकाेटा चाहिं ''सबै शक्तिराष्ट्रसँग उचित सन्तुलन कायम गर्दै र मूलतः आर्थिक साझेदारीलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सहकार्य अगाडि बढाउनु नै नेपालका लागि हितकर हुनेछ''  भन्ने विचार बाेक्ने व्यक्ति हुन् भने राजदूत लम्साल चाहिं अमेरिकामा विशेष अध्ययन गरेका र  Chief Editor of The Rising Nepal daily.  South Asian Media Network (www.southasianmedia.net), coordinator of Media Commission Nepal and editor of South Asia Journal. Was editor of www.nepalnews.com, edited ‘Visit Nepal’ travel magazine and ‘Voice of Nation, and correspondent of “The Nation”, Thailand’s English daily. लगायत संस्थामा  काम गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा ख्याती आर्जन गरेका वरिष्ठ पत्रकार र कूटनीतिज्ञ हुन् ।

स्मरणीय कुरा चाहिं के छ भने चीनमा पढेर पीएच डी समेत गरेका व्यक्ति भारतका लागि स्वीकार्य हुनै सक्दैन । त्यसैले भारत बेखुस हुने काम प्रचण्डले स्वतन्त्र रूपमा निर्णय गर्न नसक्ने अहिलेकाे बाध्यता रहेकाे कुरा माओवादी केन्द्रका एक नेताले बताए ।  

   यी दुई मध्येको एकजना पर्राष्ट्र विज्ञकाे नियुक्तिका लागि सिफारिस भएर पनि प्रधानमन्त्री कार्यालयबाटै किन, कसरी र कुन गिराेहले नियुक्ति राेक्न भूमिका खेलेर नाम काटियो भन्ने रहस्य अहिलेसम्म  खुल्न सकेको छैन । त्यसकारणले पनि प्रचण्ड तेस्रो व्यक्ति ल्याउने कि उनीहरुमध्ये कै एकजनालाई नियुक्त गर्ने भन्नेमा दुविधामा रहेको स्रोत बताउछ । त्यसैले, भूराजनीतिक कारणले पनि प्रचण्डले अब भारत भ्रमणपछि विदेश सल्लाहकार नियुक्ति गर्ने सोच बनाएको बुझिएको छ ।