🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यक्षमा यी तीन महिलाको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकताका क्रममा जिल्ला जिल्लाको नेतृत्व चयनका बारेमा पनि चर्चा सुरु भएको छ । देशको राजधानी काठमाडौंमा पूर्वमाओवादी केन्द्रको खासै प्रभाव नभएकाले अध्यक्ष एमालेकै भागमा पर्ने भएको छ । काठमाडौको अध्यक्षका लागि तीन नेतृको नाम चर्चामा छ । काठमाडौको अध्यक्षका लागि मनमोहन अधिकारीकी बुहारी शान्ति अधिकारीको नाम अग्रपंक्तिमा लिन थालिएको छ ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी शान्ति काठमाडौं जिल्ला कमिटी सदस्य र अनेमसंघको स्थायी समिति सदस्य हुन् । पूर्वसांसद शान्ति शिक्षित र संघ÷संस्था संचालन गर्नसक्ने काबिल महिलामध्येमा पर्दछिन् । अधिकारीलाई जिल्ला अध्यक्ष बनाउनुपर्ने पक्षमा एक तप्का लागेको छ । 

काठमाडौंको जिल्ला अध्यक्षमा काठमाडौं जिल्लाको नेतृत्वमै रहेकी सरिता न्यौपानेको दाबी पनि सशक्त नै छ । उनी समानुपातिक सांसद हुन् । सामान्यतया सांसदलाई पार्टीको नेतृत्वको जिम्मेवारी पनि दिनु नहुने पक्षमा पार्टीका नेताहरूबीच एकखालको सहमति भइसकेकाले उनको संभावना कम देखिन्छ । काठमाडौंको अध्यक्षमा अर्की नेतृ इन्दिरा पन्तले पनि दाबी गरेकी छन् । सामाजिक संघ÷संस्थाका अलावा सहकारीमा समेत जोडिएकी पन्त युवानेता तथा प्रदेश सांसद वसन्त मानन्धरकी श्रीमती हुन् ।