🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशी प्रदेशको एमाले सरकार ढाल्नै मुस्किल : समस्यामा कांग्रेस र माओवादी !

काठमाडौं । कोशी प्रदेशको राजनीतिक निकै पेचिलो बन्न पुगेको छ । एमाले नेतृत्वको सरकार ढाल्न सत्ता गठबन्धनका दलहरु कांग्रेस र माओवादी केन्द्रले भरमग्दुर प्रयास गरिरहेका छन् तर सरकार सहजै ढल्ने संभावना भने देखिएको छैन । एमाले नेतृत्वको सरकार अहिले अल्पमतमा रहेको छ ।

आफ्नो सरकार ढल्ने अवस्थामा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले नै बरु मध्यवधि चुनाव होस् भन्ने बाटो खोजिरहेको बताइन्छ । सभामुख गौतमको मत रोक्न सकियो भने कुनै पनि सरकारले बहुमत पुर्याउने अवस्था हुँदैन । तत्कालन नयाँ सरकार बन्न नसकेको अवस्थामा ठूलो दलको हैसियतमा एमाले नै सरकारमा रहन्छ ।  

त्यसकारण सरकार ढल्ने संभावना हुन्छ । तर, हिक्मत कार्कीकाे नेतृत्वमा रहेकाे एमालेकाे ढालेपछि बन्ने नयाँ सरकारले विश्वासको मत पाउने संभावना पनि देखिएको छैन ।  अर्काे सरकार बनाउन कोशी प्रदेशका ४७ जना सांसदहरूकाे मत चाहिन्छ । अहिले एमालेको सरकारसँग ४६ जना सांसद रहेका छन् ।

    एमाले र राप्रपाका सांसद गरी ४६ पुगेको हो । अनि, सत्ता गठबन्धनमा रहेका दलहरुको सांसदका संख्यामा पनि ४६ नै हुन्छ । माओवादीका एकजना सांसद बाबुराम गौतम सभामुख नभएको भए ४७ पुग्ने थियो । उनी सभामुख भएका कारण एमालेकाे सरकारकाे विपक्षमा ४६ सांसद हुने भएका छन् । त्यसो गर्दा अब बन्ने सरकारलाई बहुमत पुग्ने संभावना देखिँदैन ।

  सभामुखले निर्णायक भोट हाल्नुपर्ने हुन्छ । त्यो पनि प्रक्रियागत रुपमा सजिलो रहेको छैन । त्यसैले, कोशी प्रदेशको सरकार ढलेसँगै मध्यवधि चुनावतिर जाने खतरा देखिएको छ । यो खतरा पैदा गर्न एमाले पनि सक्रिय रहेको छ । 

आफ्नो सरकार ढल्ने अवस्थामा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले नै बरु मध्यवधि चुनाव होस् भन्ने बाटो खोजिरहेको बताइन्छ । सभामुख गौतमको मत रोक्न सकियो भने कुनै पनि सरकारले बहुमत पुर्याउने अवस्था हुँदैन । तत्कालन नयाँ सरकार बन्न नसकेको अवस्थामा ठूलो दलको हैसियतमा एमाले नै सरकारमा रहन्छ ।  

  त्यो सरकारले पनि विश्वासको मत पाउँदैन । एमालेले विश्वासको मत नपाउनै वित्तिकै सांसद सदस्यको हैसियतमा एकजनाले बहुमत पुर्याउने मोडलमा जानुपर्ने हुन्छ । त्यो मोडलमा पुगेपछि पनि सरकारले विश्वासको मत पाउने संभावना हुँदैन । त्यसपछि संवैधानिक बाटोबाटै मध्यवाधिको जोखिम देखिन थालेको अवस्था सिर्जना भएकाे छ ।