🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कस्तो आउला खेलकुद नीति, चलखेल हुने हो कि 

काठमाडौँ, ३ साउन : युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबारदेखि छलफल अघि बढाएको छ । सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति तथा खेलकूद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो ।

युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा पूर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकूदको गुरुयोजनाको मस्यौदाबारे जानकारी गराए । उनले नेपाली खेलकूदको वर्तमान अवस्था, चुनौती र सम्भावनासहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गरे । मन्त्री विश्वकर्माले नयाँ सरकारले विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न अघि बढेको जानकारी दिँदै खेलकूद क्षेत्रमा त्यसको मापन हुने बताए ।

खेलकूद नीति र गुरुयोजनामा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले संघीय संरचनाअनुसार नेपाली खेलकूदको पुनःसंरचनाका विषयमा गुरुयोजना र ऐनले प्रष्ट पार्नुपर्ने बताए । उनले मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्को वर्तमान जनशक्ति व्यवस्थापनलाई खेलकूद नीतिले समेट्नु पर्ने धारणा व्यक्त गरे ।

पूर्व खेलकूदमन्त्री दलजित विके श्रीपाइलीले गुरुयोजना रणनीतिक महत्वको भएको उल्लेख गर्दै यसलाई अविलम्ब लागू गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मस्यौदा परिमार्जनका लागि छलफल आयोजना गरिएको बताउँदै यसले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मस्यौदा लेखनमा अझ नयाँ सोच आउनुपर्ने बताए । मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका, उद्योग वाणिज्य महासंघ, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, प्याब्सन, एन प्याब्सनलगायतका प्रतिनिधिहरुको आ–आफ्नो धारणा राखेका थिए । रासस