🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सञ्चार मन्त्रीले गरे एनटिभीलाई एक नम्बर टेलिभिजनका रुपमा अगाडि बढाउन आग्रह

काठमाडौँ, ४ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिभिजनमा राज्यको लगानी भएकाले यसलाई मर्यादित, व्यवस्थित, प्रतिस्पर्धी र एक नम्बर टेलिभिजनका रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

एनटिभीद्वारा यहाँ शुक्रबार आयोजित दीर्घ सेवा गर्ने कर्मचारीलाई पदक प्रदान एवम् प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ का सहभागीलाई सम्मान कार्यक्रममा मन्त्री बाँस्कोटाले कर्मचारीलाई निर्देशन दिँदै भने, “पहिलो कुरा संस्था बाँच्नुपर्छ, संस्था बलियो भइसकेपछि तपाईंहरुको जीवन यसै राम्रो हुन्छ ।”

कार्यक्रममा टेलिभिजनमा ३० वर्ष सेवा पुर्याउने ४० र २० वर्ष सेवा पुर्याउने पाँच कर्मचारीलाई क्रमशः स्वर्ण र रजत पदक प्रदान गरिनाका साथै सगरमाथा आरोही पाँच महिला पत्रकारलाई सम्मान गरिएको थियो ।