🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

होन्डुरसको कारागारमा हिंसात्मक झडप : जलेर ४१ महिला कैदीको मृत्यु

तेगुसीगाल्पा, ६ असार । होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन । 

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरू बिचको सुरु भएको हिंसाको कारण कम्तिमा ४१ महिला कैदी बन्दीको को मृत्यु भएको हो, जसमध्ये धेरैलाई जलाएर मारिएको छ । 

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले पनि भने कि अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाईएको थियो । तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू छन् ।

मिडिया रिपोर्टका अनुसार कम्तिमा सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ। देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन् । जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका संगठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताए ।

उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताए । साथै कैदीहरूले प्रायः आफ्नै नियमहरू सेट गर्छन् र निषेधित सामानहरू बेच्छन् ।