🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय सभा बैठकमा एमालेले आजपनि माग्यो प्रधानमन्त्री राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत जानुभएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताउनु भयो । उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिनुभयो ।

 उहाँले भन्नुभयो – ‘हिजोपनि हामीले आफ्नो पार्टीको आधिकारिक धारणा यस्तो व्यक्ति प्रधानमन्त्रीको रुपमा रहनको निम्ति यो खालको आचारण नगर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नेकपा(एमाले)को संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ ।

आज पनि कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ । हामी बाध्य छौँ । देशको सार्वभौमिकता, देशको स्वाधिनता र स्वाधिन राष्ट्रलाई आँच आउनेगरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो नेकपा(एमाले)को निम्ति सह्य हुँदैन । आम नागरिकको लागि सह्य हुँदैन । सबैभन्दा ठुलो देश हो । देश भन्दा ठुलो केही पनि हुन सक्दैन ।

हामी विनियोजन शिर्षकमा भएका जतिपनि कुराहरु छन् हामी सहभागि भएर कार्यक्रम बढेको थियो । देशको अनुकुल हुनेगरी बोल्नुपर्नेमा देशको अहीत हुनेगरी, सार्वभौमसत्ताको अपमान हुनेगरी, स्वाधिन राष्ट्रको अपमान हुनेगरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ ? कसबाट परिचालित हुनुहुन्छ ? को बाट निर्देशित भएर चल्नुभएको छ ? यो हामीलाई दुःखको कुरा हो । यो सदनको कामलाई अगाडी नबढाइयोस् ।’ राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपरान्ह १२ः२९ मा बस्नेगरी बोलाइएको छ ।