🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तेत्तिस जना कर्णेलहरू सहभागी हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडाैं । नेपाली सैनिक वार कलेजमा  २०७९ चैत ०१ गतेबाट संचालन भएको सि.सं.११ हाइयर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिमको ०८० आषाढ २५ गते साेमबार प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट एक कार्यक्रमका बीच समापन गरिएको  छ ।

\"\"

\"\"

 समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले सफलतापूर्वक तालिम सम्पन्न गरिएकोमा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाई दिएका थिए ।  प्रधान सेनापति शर्माले यस तालिमले शिक्षार्थीहरुलाई थप व्यवसायिक एवम् परिष्कृत बनाउनुका साथै अपरेशनल तहको कमाण्डर तथा स्टाफको हैसियतले रणनैतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्ने र तल्लो तहका कमाण्डरहरुलाई उक्त मार्गमा डोर्‍याउने गहन जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सक्षम तुल्याउने कुरा बताएका छन् ।

 प्रधान सेनापतिले शिक्षार्थी अधिकृतहरुले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरुमा आफ्नो वृत्तिविकास र संस्थागत हितको लागि सामुहिक भावनाका साथ सदुपयोग गर्ने विश्‍वास व्यक्त गरेका छन् ।

 नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको समापन कार्यक्रममा कलेजका शिक्षाधिकृत उपरथी सहदेव खड्‍काले स्वागत मन्तव्य राख्‍दै तालिमको विविध पक्षका बारेमा जानकारी गराएका थिए ।

  महिला-१ र पुरुष-३२ गरी जम्मा ३३ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको साे तालिममा समग्रमा महासेनानी बसन्त बहादुर गौतम प्रथम (Best Student Officer) हुन सफल  भएका छन् । त्यस्तै, व्यक्तिगत शोधपत्र (Individual Research Paper) तर्फ महासेनानी सुवास के.सी. र महासेनानी बसन्त बहादुर गौतम संयुक्त रुपमा प्रथम भएका छन् ।

  हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि संचालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा संचालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा ३०५ जना अधिकृत प्रशिक्षित भएका छन् ।