नेपाल प्रहरीको प्रधान कार्यालयमा ५ बर्षभन्दा बढी समय कार्यरतहरूलाई सरुवा गर्ने आइजीपीको घोषणा कार्यान्वयन हुन सकेको छैन । २०७५ साउन ६ मा भएको प्रहरी जवानदेखि सईसम्मको सरुवामा प्रहरी प्रधान कार्यालयमा बर्षौदेखि बसेका भने परेनन् । तर १ बर्ष पनि नपुगेकाहरू प्रदेशमा खेदिएका छन् ।
प्रशासन शाखामा जागिर खाएदेखि पेन्सनको समय पुगिसक्दा पनि कार्यरतहरूलाई सरुवा गरिएको छैन । आइजीपी खनालले सरुवामा पारदर्शीता देखाउन नसकेको उदाहरण हुन् २० बर्षदेखि प्रशासन शाखामा कार्यरत सई महेश श्रेष्ठ र जवान अमर मिश्र । आइजीपी खनालले सरुवा गर्दा आफ्नै नीति समेत लागू गर्न सकेनन् ।
दसौं बर्ष प्रहरी प्रधान कार्यालयमा बस्ने सुविधाभोगी प्रहरीलाई समायोजनमा पारिएन, तर हेडक्वाटरमा बसेको एक बर्ष पनि नपुगेकालाई समायोजनमा प्रदेशमा पारिएको छ । प्रत्येक शाखाबाट सोझासाझा पहुँच नभएकाहरू समायोजनमा परे । हाकिमसंग नजिक हुने र भेटीघाटी दिइरहनेहरू जति बर्ष भएपनि समायोजनमा नपरेको गुनासो प्राप्त भएको छ ।
हेडक्वाटरमा जागिर खाएदेखि २० बर्षसम्म कार्यरत सई महेश श्रेष्ठ र असई तारा दर्लामीको हकमा लागू भएन । साउन ६ गते आइतबारको सरुवामा ६ महिना पनि नपुगेकाहरू प्रदेशमा खेदिएका छन् । तर, जागिर अवधिको २० बर्ष भइसकेका सई महेश श्रेष्ठको गिरोहमा रहेका गुप्तमाया श्रेष्ठ, अमर मिश्र सरुवामा चलाइएनन् । साउन ६ मा दरबन्दी समायोजन अन्तर्गत सिपाहीदेखि सईसम्मको सरुवामा ५ बर्ष पूरा भएकालाई हेडक्वाटरबाहिर पठाउने कुरामा मात्रै सीमित भएको छ ।
प्रशासन शाखाका डीएसपी सिताराम चापागाईले सई महेश श्रेष्ठलाई बिदामा पठाएर उनलाई सरुवा गर्नबाट रोकेको आरोप छ । उनको दरबन्दी नै लुकाएर डीएसपी चापागाईले उनलाई सरुवा गरेनन् । महेश श्रेष्ठ सिपाहीदेखि हवल्दार, असई र सई हुँदासम्म प्रशासन शाखामै मस्त छन् । उनको सरुवा साउन ६ मा पनि हेडक्वाटरबाट हेडक्वाटर मै भएको छ । उनकै जोडबलमा असई तारा दर्लामी र गुप्तमाया श्रेष्ठ पनि १० बर्षदेखि त्यही शाखामा कार्यरत छन् । प्रशासन शाखामा सई श्रेष्ठले कुनै नयाँ प्रहरी कर्मचारीलाई टिक्नै नदिई मनपरी गर्दैआएका छन् ।
हेडक्वाटरबाट ५ बर्ष अवधि पुगेकाहरू सरुवा गर्दा डीएसपी चापागाईले बिरोध हुन्छ भनेर महेश श्रेष्ठलाई बिदामा पठाएका थिए । डीएसपी चापागाई र सई महेश श्रेष्ठले प्रशासन शाखामा बिदाको रेकर्ड नै नराखी मनपरी गर्दैआएका छन् । डीएसपी चापागाई र महेश श्रेष्ठले गुप्तमाया श्रेष्ठलाई १८–१९ बर्षदेखि प्रशासनमा राखेका छन् । बाहिर दरबन्दी देखाएर काजमा राखिएको छ ।
प्रशासन शाखामा मात्र होइन, सरुवामा सबै शाखामा पहुँच हुनेहरू जति बर्षदेखि हेडक्वाटर बसेका भएपनि समायोजनका नाममा प्रदेशमा सरुवा भएनन् । तर ६ महिनाअघिमात्र हेडक्वाटरमा सरुवा भएर आएका समायोजनका नाममा प्रदेशमा सरुवा भएका छन् ।
प्रशासनका डीएसपी चापागाई र सई श्रेष्ठले तारा दर्लामीलाई १० हजार हजार रुपैया पुस्कार दिएको कुरासमेत विवादमा परेको छ । कामको आधारमा पुरस्कृत नगरी चापागाई र श्रेष्ठले निकटताको आधारमा दर्लामीलाई पुरस्कृत गरेका छन् । गुप्तमायालाई दसौं बर्षदेखि काजमा राखेका डीएसपी चापागाई र महेशले ६ महिना बिदा दिने गरेका छन् । घरबिदाको त रेकर्डै छैन । प्रशासनका रैथानेहरू जो नयाँ व्यक्ति आए पनि टिक्नै दिंदैनन् । प्रशासनमा २ जनालाई मात्र च्यापेका छन् ।
प्रहरी जवान अमर मिश्र दर्जाले सानो भए पनि बर्दी नलाइ कार्यालयमा नेता जस्तो डीएसपी चापागाईसम्मलाई थर्काउने हैसियत राख्दछन् । डीएसपी चापागाई उनको सामु लल्याकलुलुक हुने गर्दछन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासंगको पहुँच देखाएर उनले सिपाही भएपनि प्रशासन शाखाका सबै हाकिमलाई आफ्नो हितअनुकूल चलाउँदै आएका छन् । बर्दी नलगाई उनी प्रशासनमा आउने र तुरुन्तै प्रहरी संग्रहालयका महिलासंग हिंड्ने गरेका छन् ।
–प्रहरी प्रधान कार्यालयका सोझासीधा जुनियर प्रहरी अधिकृतहरू




