🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध सङ्घीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउनमा हुनेभएको छ । एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय कानुन व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने बताइएको छ ।

 सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानीलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको सङ्घीय कानुन व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दीपक राईले जानकारी दिनुभयो ।

      
सम्मेलनलाई जनता समावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गर्ने निर्णय भइसकेको उहाँले जानकारी दिनुभयो ।

 
कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासङ्घ अन्तर्गतको मुख्य घटक सङ्गठनका रुपमा सक्रिय छ ।