🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्वोच्च अदालतको थुनामुक्त हुने आदेशसँगै सचिव राउतले कामकाज गर्न पाउने

काठमाडौँ, ५ साउन (रासस) : सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउनुहुने भएको छ ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने तर तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गरेसँगै उहाँले कामकाज गर्न पाउने हुनुभएको हो ।

“सचिव राउतलाई थुनामुक्त गर्ने आदेश भएको छ, उहाँमाथि निलम्बन फुकुवा भएको छ, निजामती कर्मचारीमाथि फौजदारी अभियोगमा अनुसन्धान भएकै कारण कामकाज रोकिँदैन”, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भन्नुभयो, “विदेश जान मात्र रोकिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन ।”

ललिता निवास जग्गा प्रकरणमा सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको सर्वोच्च अदालतले आजै ठहर गरेको थियो ।
–––