मोरङ । २०८० साउन ०३ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नः.-२ स्थित राधाकृष्ण मन्दिर अगाडिबाट पार्किङ गरिराखेको जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं.-२ बस्ने प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गर्न सफल भएकाे छ ।
प्रहरीका अनुसार, जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १३ खनार बस्ने बर्ष २५ को मो. कमरूदिन र जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.-१४ खनार बस्ने बर्ष २२ को मो. सम्सेरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।०४ गते चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिएकाे हाे ।
निजलाई चोरी कसुरमा मोरङ जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएकाे छ ।




