🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिनर्जी पावर र मल्टिपर्पस फाइनान्सको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौ, १२ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

हकप्रद बिक्रीका लागि यसले शुक्रबार बुक क्लोज गर्ने भएको छ । यसआधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

सिनर्जी पावरले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।