🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समसामयिक राजनीतिक विषयमा शीर्षनेताबीच छलफल

काठमाडौं ।  सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्षनेताहरूबीच छलफल भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।