🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लम्पी स्कीन रोगले जुम्लामा तीन सय ६५ पशु मरे

जुम्ला, १६ साउन (रासस) : जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । एक हजार सात सय पशुलाई उपचार गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ । अहिले कार्यालयमा प्रदेशबाट थप औषधि आएकाले स्थानीय तहलाई लिन परिपत्र गरिएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । 

सो सङ्क्रमणबाट पशुहरु धमाधम बिरामी हुन थालेको तिला गाउँपालिका–१ स्थानीयवासी नौसेर रावतले जानकारी  दिनुभयो । जुम्लालगायत कर्णालीमा लम्पी स्किनबाट आठ हजार सात सय ९३ पशुचौपायाको मृत्यु भएको छ । दुई लाख १७ हजार एक सय ३४ पशुचौपाया उक्त रोगबाट सङ्क्रमित भएको कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायत जिल्ला बढी प्रभावित छन् । पशुचौपायाको सङ्क्रमण र मृत्युबाट कर्णालीमा रु १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको प्रदेशको पशुपन्क्षी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो । 
–––