🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारी संरचना समस्याग्रस्त हुदाँ अर्थतन्त्रमा सुधार हुन सकेनः अर्थमन्त्री महत 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले, सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् । काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार संरचनामा जथाभावि खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए । 

‘कम राजस्व उठ्यो । अर्थतन्त्रमा धेरै कारणले शिथिलता आयो । हामी सबैलाई थाहा छ ।  विस्तारै यसले फेरी एउटा रफ्तार लिन खोजिरहेको छ ।’ उनले भने ‘ सरकारी संरचनामा पनि धेरै समस्या छन् । समयमै काम गर्ने । हरेक रिर्सोसेजको सदुपयोग गर्ने । इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने ।  जथाभावि नगर्ने ।

यसका लागि अझै धेरै काम गर्न बाँकी छ । धेरै समस्या छन् । यसलाई अर्डरमा ल्याउने कोसिस गरिरहेको छु । जुन कार्यक्रममा गयो कार्यक्रमको मनोविज्ञानका आधारमा आश्वासन दिने र उड्न्ते कुरा गर्ने बानीले देशको उन्नति नभएको बताएका उनले भने ‘कुराबाट होइन् कामबाटै प्रमाणित गर्नु पर्छ ।