🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिपक्षी काँग्रेसको नयाँ काम, न्यायापालिकाको रक्षाका लागि क्रियाशील हुने

काठमाडौँ, २२ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने गरेको हो ।

संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिको यही साउन १८ गतेको बैठकले मतदानमार्फत बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पगेँनीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । पगेंनीको यही साउन २० गते असामयिक निधन भएको थियो ।

यस्तै काँग्रेस नुवाकोटका पूर्वमहासमिति सदस्य विष्णु आचार्यको गत साउन १३ गते भएको असामयिक निधन र काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको गत साउन ९ गते भएको निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गरेको छ ।

काँग्रेसले ती मृतात्माको चीरशान्तिको कामना गर्दै सबै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस