🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२९औँ विश्व आदिवासी जनजाति दिवस : कुमालका मौलिक परिकार र सामग्रीले तान्यो दर्शकको मन

काठमाडौँ, २४ साउन (रासस) : आज २९औँ विश्व आदिवासी जनजाति दिवस देशैभरि यो दिवस मनाइरहँदा कुमाल समुदायले पनि आफ्ना मौलिक खाना, पोसाकसहितका सांस्कृतिक पहिचान प्रदर्शन गरेर काठमाडौँमा यो दिवस मनाएको छ । 

कुमाल समाज नेपाल केन्द्रीय समिति, कुमाल समाज नेपाल काठमाडौँ जिल्ला समिति, कुमाल विद्यार्थी समाज र कुमाल समृद्ध गुठीका झण्डै दुई सय प्रतिनिधि सहभागी भई आफ्नो मौलिक पहिचान र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै दिवस मनाइएको कुमाल समाज नेपालका केन्द्रीय महासचिव इ गणेश कुमालले जानकारी दिनुभयो । 

उनीहरूले आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको दिवसको राष्ट्रिय समारोहस्थलमा स्टल नै राखेर काठमाडौँवासीलाई मौलिक परिकार र पहिचान देखाउने प्रयास गरेका थिए । साँझ अबेरसम्म राखिएको स्टलमा माछालगायतका मौलिक रोटी, कालो मासको दालबाट बनाइने फुरौला (बटुक), केराको बुङ्गाबाट बनाइने अचार, तामा र तरुलको तकारी, चुकाउनी, चामलको पिठोबाट बनाइने ढिकर, डाबर साग प्रदर्शन गरी आगन्तुकलाई कुमाल समुदायका मौलिक परिकार पनि चखाएका थिए । 

उनीहरूले खानाका परिकारका साथै कुमाल समुदायले प्रयोग गर्ने मौलिक सामग्री पनि प्रदर्शन गरेका थिए । उनीहरूले स्टलमा प्रदर्शन गरेका माछा मार्ने जाल, माछा राख्ने फुर्लुङ, सिप्रिङ, थुन्छे, ढकी, पानी पर्दा ओड्ने छत्रीमा दर्शकको आकर्षण देखिएको थियो । यो उनीहरूका कामकाजका बेला प्रयोग गर्ने यी मौलिक र नभई नहुने सामग्री हुन् ।

त्यसअघि कुमाल समुदायका प्रतिनिधि काठमाडौँको भृकुटीमण्डपबाट निस्किएको झाँकीसहितको ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा भृकुटीमण्डपबाट जाल हान्दै प्रज्ञा प्रतिष्ठानसम्म पुगेको प्रदर्शनीको दृश्यले आकर्षण थपेको थियो । यस्तै माटाको गाग्रो काँधमा राखेर मौलिक झाँकीमा समेत उनीहरू ¥यालीमा सहभागी भएका थिए । 

कुमाल समुदायले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमममा आफ्नौ मौलिक पाङ्दुरे नाच पनि प्रस्तुत गरेका महासचिव कुमालले जानकारी दिनुभयो । उनीहरू कार्यक्रममा सहभागी हुँदा कुमाल समुदायले लगाउने आफ्नो मौलिक पोसाकमा प्रस्तुत भएका थिए ।
–––