🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चैनपुर–पोखरी सडकको दुरावस्थाले सास्ती

संखुवासभा, २४ साउन (रासस) : चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । 

सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका ठाउँमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो । 

नगरपालिकाको सडक कालोपत्रे गर्ने योजनाअनुरूप उन्नति संस्थाले सडक निर्माणको जिम्मा लिएर सडक सम्याउने, भित्तामा नाली र पानी धेरै बग्ने खोल्सीमा हिममपाइप बिच्छ्याउने काम गरे पनि भित्तामा निर्माण गरिएको नाली माथिबाट झरेका ढिस्काका कारण सवारी साधन सञ्चालन हुन नसकेकाले यात्रु पैदलै गन्तब्यसम्म जान बाध्य भएका छन् । 

उता मादीको राम मन्दिर–ओखरबोटे सडक कालोपत्रेका लागि पहिले बनाइएका नाली बिगारेकाले सडक हिलाम्ये र चिप्लो भइ सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक कालोपत्रे तथा पुल निर्माणको काम भइसकेपछि पनि यात्रु तथा सवारी चालकले हिलो र धुलोको समस्या व्यहोर्नु परेको स्थानीयवासी गोपाल ढुंगानाले बताए  ।

दश किलोमिटर लम्बाइको सडक कालोपत्रे दुई वर्षभित्र सम्पन्न गर्ने गरी मादी नगरपालिकाले बज्रगुरु कन्ट्रक्सनलाई ठेक्का दिएको प्रशासकीय अधिकृत प्रकाश मगरले जानकारी दिए  । 
–––