🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तिहारमा सरकारकाे धाेका, फूल व्यवसायमा कराेड नाेक्सानपछि किसानको उर्जा नै नष्ट !

  फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान र व्यवसायीहरू लाखाैलाख नाेक्सान परेपछि  निराश बन्नुको साथै खेतीप्रतिको उर्जा नै सेलाएको गुनासाे गर्छन् ।

‘प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको भनेको शब्दमा मात्र सीमित भयो, अनुगमन भए’ उनले भने, ‘अब  फूल खेती गर्दिन होला ।’

सरकारले भारतीय फूलको राम्रोसँग प्रतिबन्ध लगाउन नसक्नाले  स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको दोलखाका पुष्प व्यवसायी सुरज बस्नेतले बताए।

काठमाडाैं महानगरले स्वतन्त्र रूपमा फूल बिक्री गर्न दिएन ।  ‘फूल राम्रै फूलेका थिए, तर बजार नै पाइएन,’ उनले भने, ‘फाइदा हुन्छ कि भनेर अरुको फूल पनि ऋण गरेर कामठमाडाैँमा ल्याइयो, दिनभर भृकुटीमण्डपमा बसियो, एक हजारको पनि बिक्री भएन । सबै फूल फालेर थाप्लाेमा हात राख्दै हिँडे।’

बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको पीडित व्यवसायी र किसानहरूको भनाइ छ।

‘प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको भनेको शब्दमा मात्र सीमित भयो, अनुगमन भए’ उनले भने, ‘अब  फूल खेती गर्दिन होला।’

उनका अनुसार यसपाली तिहारमा फूल बिक्री  भनेको जस्तो भएन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ।  जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ।

फुल बिक्री गर्न काठमाडौँ आएका किसानहरु यातायात र गाँसका बासकाे खर्च समेत नउठेपछि निराश हुँदै  घर फिर्ती  भएका छन् ।  महागठबन्धनकाे प्रचण्ड सरकारले बजार व्यवस्थापनमा ध्यान नदिएकोले लाखाै लाख मात्रै हाेइन कराेडाैं रूपैयाँ नाेक्सान परेपछि फूल खेतीप्रति  उर्जा सेलाएको किसानहरुको गुनासो छ ।
-रिकेश विश्वकर्मा(क्षितिज )