🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यापटेन बबीको ‘अ म्यान वुइथ मिसन’ बजारमा

काठमाडौं । चर्चित क्यापटेन बबी विक्रम शाहको स्मरण र योगदानमा आधारित ‘अ म्यान वुइथ मिसन’ नामक पुस्तक बिमोचन भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रम बिच ललित विक्रम शाहाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शाहले पुस्तक एकदमै रोचक रहेको जनाउँदै सबैलाई पढ्न आग्रह गरे । शाही नेपाल वायु सेवा निगममा बबी विक्रम शाहले ३१ वर्षको आफ्नो कार्यकालमा एकदमै राम्रो काम गरेको पनि उनले बताए । 

बबी विक्रम शाहका छोरा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव विक्रम शाहले आफ्नो बुवा एक लगनशील, निष्ठावान र इमानदार राष्ट्रसेवक भएको बताए । आफ्ना लागि बुवा बबी विक्रम सँधै प्रेरणाको श्रोत भएको जनाउँदै उनले भने, ‘नेपालमा विमान चालकहरुको इतिहासमा स्वः बबी विक्रम शाह मेरो बुवाको नाम अग्रपंक्तिमा रहेको छ । उहाँलाई एक लगनशील, निष्ठावान र इमानदार राष्ट्रसेवक कै रुपमा चिन्न सकिन्छ । त्यो बेला अर्थात सुरुवातीकालमा हवाई उडानको क्षेत्रमा उहाँलाई एक कुशल, पौरखी र साहासिक चालक कै रुपमा मानिन्छ । मेरो बुवा मेरा लागि प्रेरणाको श्रोत हो ।’ 

 

कार्यक्रममा पुस्तकका लेखक महेश्वर भक्त श्रेष्ठले पुस्तकमा बबी विक्रम शाहको जन्मदेखि तीन दशकको आफ्नो करियरको बारेमा व्याख्या गरिएको बताए । ‘आज मेरो लागि एकदमै खुसीको दिन हो । एउटा परीक्षापछिको प्रमाणपत्र प्राप्त गर्ने दिन जस्तो हो, उनले भने,‘यो पुस्तक लेख्नु एउटा चुनौती नै थियो तर यसमा ललित विक्रम शहा, प्रिती शाह, राजीव शाहलगायतमा व्यक्तित्वहरुको सहयोगमा यो सफल भएको छ । यो पुस्तकमा बबी विक्रम शाहको जीवनको बारेमा व्याख्या गरिएको छ ।’

 

पुस्तकमा बबी विक्रमको जन्म, तीन दशकको करियरको बारेमा किन र कसरी चिनिन्छ भन्ने जस्ता विषयहरू समेटिएको छ ।