🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फाष्टट्रयाक निर्माणमा सेनाको कामप्रति मन्त्री ज्वाला असन्तुष्ट

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको सडक विभागले दाबी गरेको छ । २०८० साउन २६ गते शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित आयोजनाको समीक्षा बैठकमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले, पूर्णरुपमा सन्तोषजनक नभएपनि अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा आयोजनाको प्रगति राम्रो रहेका बताए ।

\"\"
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले, कायक्रममा राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् ।

वर्षाैं पहिले निर्माणका काम थालिएका योजनाहरु पटक पटक म्याद थप्दा पनि नसकिदा नागरिकमा गलत संदेश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिएका हुन् ।

 
‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समीक्षा गर्ने चलन बसालौ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’

मन्त्री ज्वालाले नेपाली सेनाको ब्यवस्थापनमा निर्माणधीन काठमाडौं-तराई मधेश फास्ट ट्रयाकको काम सोचेअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मन्त्री ज्वालाले ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रसंशनीय कामहरु भइरहेका छन् तर फास्ट ट्रयाकको काम किन फास्टरुपमा हुन सकेन’ ? प्रश्न गरेका छन् ।