🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमसीसी खारेजीको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।  सोमबार शान्तिवाटिकामा पार्टीको उपत्यका व्युरो र संयुक्त जनवर्गीय संगठनको आयोजनामा एमसीसी सम्झौतामा भएका राष्ट्रघाती प्रावधानको विरुद्धमा प्रदर्शन गरिएको हो । 

विरोध प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीका महासचिव ललित सिंहले एमसीसी सम्झौतामा रहेका बुदाँहरु देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानून र नेपाली जनताको प्रतिकुल रहेको भन्दै उक्त सम्झौता लागू गर्न नहुने बताए । 

उनले एमसीसी परियोजना मार्फत नेपाललाई आफ्नो अधिनमा राख्न खोजिएको भन्दै यो नेपालको हितमा नरहेको दावी गरे । उनले भने, यो सम्झौतामा रहेका बुदाँका भावहरु देशको राष्ट्रियता, सार्वभौमिकता, जनताको सर्वोच्चता, नेपालको कानून र नेपाली जनताभन्दा माथि रहेको छ । एमसीसी परियोजना लागू भयो भने अमेरिकाले नेपालको कुनै पनि नियम कानून मान्न बाध्य हुदैँनन् ।

यो नेपाललाई आफ्नो अधिनमा राख्ने एउटा काम हो । त्यसकारण यसलाई लागू गर्न हुदैँन् । यो नेपालको हितमा छैन्, यो विकास होईन् । यस्मा अमेरिकाको खराब मनसाय लूकेको छ । यसले नेपाललाई दीर्घकालीन असर पार्ने छ । ’ महासचिव सिंहले कुनै पनि हालतमा एमसीसी सम्झौतालाई कार्यान्वयन हुन नदिने भन्दै जबरजस्ती लागू गर्न खोजिएमा नेपाल कम्युनिष्ट पार्टी अखिल क्रान्तिकारीले यसको ठूलो प्रतिवाद गर्ने चेतावनी दिए ।