🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति पौडेलद्वारा बोलाइएको सर्बदलीय बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्बदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । 

समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको हो । 

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाइ पार्टीमा रहेको छ । बैठकको बैधानिकता नहुने भए पछि एमाले शीतल निवास नजाने भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ ।