🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछु : प्रधान न्यायाधीश श्रेष्ठ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय सम्पादन प्रकृयालाई तिव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार शितलनिवासमा पद तथा गोपनियताको सपश लिएका उनले लगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै  न्याय सम्पादनलाई छिटो छरितो र विश्वसनीय बनाउने बताए ।

उनले भने, ‘ हामीलाई लागेको छ जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अभिलम्व थाल्नुपर्ने जरुरी छ । जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वभाविक नै हो । यहाँहरुको चासोलाई सकारात्कम रुपमा लिएको छु । र, म यहाँहरुलाई यो विस्वास दिलाउन चाहान्छु म न्यायाधीश नियुक्तिको प्रकृया छिटो भन्दा छिटो अर्थात् औपचारीक अनौपचारीक रुपमा प्रकृया भोलिबाटै थाल्ने र यसमा नतिजा निकाल्न सक्ने लाग्दछु ।’
त्यस्तै उनले सबैभन्दा पहिला पुराना मुद्दाहरुलाई फछ्यौट गरेर जाने नीति नै लिएको उल्लेख गरे ।

श्रेष्ठले न्यायपालिका सुधारको लागि कायम मुकायम हुँदा खेरी नै केही कामको थालनि गरेको भन्दै कार्यगत अनुभवको आधारमा सबैको सहकार्यमा न्यायपालिकाको सुधारमा थप कार्य गरी न्यायक्षेत्रलाई सुधार गरेर जाने बताए ।
जनताको न्यायप्रतिको आशा डगमगाउन नदिने उनको प्रतिवद्धता छ ।