🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुख्यसचिवभन्दा वरिष्ठ सिडिओमै अड्किए

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ प्रसाद अर्याल भन्दा सहसचिव वरिष्ठ छन भन्दा आश्चर्य लाग्न सक्छ । निजामती प्रशासन सेवामा मुख्यसचिव अर्याल भन्दा सहसचिव वीरेन्द्र कुमार यादव मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छन । कृषि मन्त्रालय मातहतको नार्कमा अधिकृत पदमा कार्यरत रहेकै अवस्थामा उनी २०६६ सालमा खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका थिए । वर्तमान मुख्य सचिव अर्याल भने २०६७ सालमा सहसचिवमा बढुवा भएका थिए ।

उनी बढुवा भई पाँच वर्षे सचिवको कार्यकाल पूरा गरी ०८० जेठ ३२ गते मुख्यसचिवमा नियुक्त हुन सफल भएका छन । उनीभन्दा वरिष्ठ सहसचिव यादव भने यतिखेर मोरङ जिल्लाको सिडिओमै सीमित भएका छन । के कारणले उनी सहसचिवमै सीमित भएका हुन त भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि होइन । उनी पावर र पहुँच नभएर सचिव बढुवा हुन नसकेका भने होइनन् । सहसचिव भएको १४ वर्ष बितिसक्यो । तर पनि उनी सचिव बढुवा लागि जोडबलमा लागेका छैनन् । बढुवा हुन नखोज्नुको एउटै कारण हो छिट्टै सचिव भएर पाँचवर्ष पछि युवा अवस्थामै घर जानू पर्ला भनेर । उनले उच्चस्तरीय कार्यकारी विकास कार्यक्रम (एसईडिपी) तालिमसमेत गरेका छैनन् ।

उक्त तालिम नलिएसम्म कानूनत सचिव बढुवामा सिफारिस गर्न मिल्दैन । त्यसैले सहसचिव यादवले नचाहेकै कारण बढुवा नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । यादव सप्तरी, सिरहा, महोत्तरी, धनुषा, उदयपुर, खोटाङलगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन । यसै बिच, गृह मन्त्रालयमा अझै दुई जना सहसचिवहरु कुर्सी नपाएर बरण्डामा टहलिरहेका छन । ललितपुर महानगरपालिकाबाट २०८० साउन ८ गते र ललितपुरको प्रमुख जिल्ला अधिकारीबाट २०७९ चैतमा गृह मन्त्रालयमा सरूवा भएका गणेश अर्याल र जयनारायण आचार्यले जिम्मेवारी पाउन सकेका छैनन् ।

मन्त्रालयले २०८० साउन ३० गते चार जना प्रजिअको सरूवा गरेको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन सरुवा गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी रहेका सुरेन्द्र पौड्याललाई नुवाकोटमा सरुवा गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरीमा सरुवा गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभाग र सो विभागमा कार्यरत महानिर्देशक चक्रपाणि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा गरेको छ । डडेल्धुरा, ओखलढंगा, लगायत चार वटा जिल्लामा उपसचिवहरुलाई सिडिओको जिम्मेवारी दिएर सहसचिवहरुलाई भने बरण्डामा थन्क्याइएको छ । (साँघु साप्ताहिक, २०८० भदौ ४)