🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बढेको पारिश्रमिक लागु गर्न सरकारसंग सांसद अर्यालको माग

काठमाडौं । राष्ट्रिय  स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अर्यालले श्रमिकहरुको निम्ती बढाएको पारिश्रमिक लागु गर्नका सरकारसंग माग गरेका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही व्यवसायीहरुले पारिश्रमिक गर्दा औद्योगिक भार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई वेवास्ता गरेको भन्दै उनले बढेको ज्यादादर लागु गर्ने वातावरण निर्माण गर्न सरकारसंग माग गरेका छन् । 

उनले भने ‘श्रमिकको न्यूनतम १७ हजार तीन सय निर्धारण गरीएको छ तर औधोगीक भार पर्ने जस्ता अभिव्यक्ति आइराखेका छन् । बढेको पारिश्रमिक पनि लागु गर्न सकिएन भने पक्कै पनि राम्रो सन्देश जाँदैन् । उद्योग व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकको हक हितमा काम गर्नु सरकारको दायीत्व हो । त्यसैले उद्योगी व्यवसायले बढेको पारिश्रमिक खुसी खुसी लागु गर्ने वातावरण सरकारले तयार गरीदिनुपर्छ ।’

सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पारिश्रमिक बढाएर न्यूनतम १७ हजार तीन सय निर्धारण गरेको थियो ।