🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रेमिकासँग \’लिप लक\’ गर्दा कानको जाली फुटयो, निको हुन दुइ महिना लाग्ने

बेइजिङ, १३ भदौ । चीनबाट एउटा अचम्मको खबर आएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक चिनियाँ व्यक्तिले आफ्नी प्रेमिकालाई १० मिनेटसम्म लगातार किस गरेपछि उनलाई अस्पताल लैजानुपरेको छ । 

मिडिया रिपोर्टका अनुसार आफ्नी प्रेमिकासँग लिप लक गरेपछि ती व्यक्तिले आफ्नो कान गुमाए ।

मिडिया रिपोर्टमा भनिएको छ कि २२ अगस्टमा प्रेमी र प्रेमिकाले चुम्बन गरिरहेका थिए तब अचानक प्रेमीले आफ्नो कानमा तीव्र दुखाइ महसुस गरे । ती जोडी चीनको पूर्वी झेजियाङ प्रान्तको वेस्ट लेकमा डेट गर्न गएका थिए । उनलाई अस्पताल पुर्‍याउँदा डाक्टरले उनको कानको पर्दामा प्वाल भएको बताए । उनलाई पूर्ण रुपमा निको हुन दुई महिना लाग्ने बताइएको छ ।

डाक्टरहरूले भावुक चुम्बनले कान भित्रको हावाको चापमा द्रुत परिवर्तन ल्याउने बताए । रिपोर्टमा भनिएको छ कि चुम्बनको क्रममा एक पार्टनरले छिटो सास फेर्दा अर्को पार्टनरको श्वासप्रश्वासमा असन्तुलन सिर्जना हुन्छ, जसले कान छेड्न सक्छ ।

मिडिया रिपोर्टमा भनिएको छ कि यो पहिलो पटक होइन। यसअघि पनि २००८ मा दक्षिणी चीनमा एक युवतीले आफ्नो प्रेमीले भावुक चुम्बन गर्दा उनको कानको पर्दा च्यातिएपछि आंशिक रूपमा उनको कान गुमाउनु परेको थियो ।