काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रगिरिमा सुरुङबाट प्रभावित क्षेत्रको समस्या समाधानका लागि निर्देशन दिएका छन् ।
२०८० भदाै १६ गते शनिबार चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कार्यक्रमबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिएको हुन् ।
उनले भने,‘चन्द्रागिरिको सुरुङ्मार्गबाट प्रभावित जनताका समस्या बढो गम्भीर ढङ्गले मलाई राख्नुभयो सुरुङ मार्ग बनाउँदा घरहरु चर्किएर समस्या र खानेपानीको मुहानहरु सुकेको कुरा र यस प्रभावित क्षेत्रको राहतको निम्ति व्यवस्थाको कुरा उठाउँनु भएकोले मैले जनताकै बीचबाट भनेको छु । तपाईले एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन दिन पर्यो र समस्या समाधान गर्न के गर्नुपर्छ मलाई भन्नुहोला यो निर्देशनको रुपमा लिनुहोला ।’
उनले चन्द्रगिरिको त्रिभूवन पार्कलाई स्थानिय पालीकालाई हस्तानतरण गर्ने तयारी गर्ने प्रतिवद्धता जनाए ।



