🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रुपमा स्थापित हुन्छ : सापकोटा 

काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले आगामी चुनावमा एक्लै लड्दा पनि सफलता हासिल गर्ने गरि तरिकाले काम गर्ने बताएका छन् । 

२०८० भदाै १६ गते शनिबार माओवादी रुपान्तरण अभियान अन्तरगत चन्द्रागिरि २ मा आयोजित कार्यक्रममा उनले अब तीन महिनाभित्र सक्दो तयारी गरेर आगामी चुनावमा एक्लै चुनाव लड्ने गरी तयारी गरिने बताए ।  

उनले भने, ‘अब तीन महिनाभित्रमा ६५ जनाको नगर समिति यसलाई हामी सुदृढ बनाउँछौ, १५ वटा नगरअन्तरगतका वडा समितिहरु छन् यसलाई व्यवस्थित गर्ने हाम्रो योजना रहेको छ । थप २२ वटा बुथ कमिटिहरु निर्माण गर्छौ नगर समितिका सदस्यहरुको नेतृत्वमा २२ वटा बुथहरु बनाएर, ९९ सय वटा वडाहरुलाई आधार मानेर टोल कमिटिहरु बनाउँछौ । ८ हजार ७ सय ७५ जना हाम्रा सदस्यहरु निर्माण गर्ने गरि भोलिदेखि काम गर्ने छौ । यसरी आगामी चुनावमा एक्लै लड्दा पनि सफलता हासिल गर्ने गरि काम गर्ने छौ ।’

उनले केही आन्तरिक व्यवस्था र बाहिरी हस्तक्षेपको तालमेल मिलाउँन नसक्दा जित्ने पालिका पनि गुमाएका भन्दै अब नेता, कार्यकर्ताहरु र जनताको सक्रियताको तालमेल मिलाएर अगाडि बढ्ने बताए । 

उनले भने, ‘नेता कार्यकर्ताहरु र जनताको सक्रियता हेर्दा थोरै तालमेल मिलाउँदा गएको स्थानिय चुनावमा हामीले एक्लै चुनाव लडेको भएपनि मेयर उपमेयरसमेत जित्न सक्ने जस्तो स्थिति रहेछ । केही आन्तरिक व्यवस्थाहरु र बाहिरको हस्तक्षेपको तालमेल मिलाउँन नसक्दा जित्ने पालिका गुमाएका रैछौ भन्ने कुरा अनुभूति भएको छ । ’