🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पेस्तोलसहित सात र दुई चिनिया नागरिक पक्राउ

काठमाडौँ, ५  भदौ (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए  । 

पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । 

बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका होटल, रेस्टुरेण्ट तथा अन्य व्यवसायीलाई धम्की दिई रकम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जना पटकपटक विभिन्न अपराधमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीबाट दुर्लभ वन्यजन्तुको १३ थान हड्डी र रु ३० हजारसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बा ७२ प ८६०२ नं को स्कुटरमा सवार चिनियाँ नागरिक १८ वर्षीय जाविइ र १९ वर्षीय झाङ युएइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
–––