🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सर्वोच्च अदालतको आदेश नमान्ने महानिर्देशक यादव

काठमाडौं । अस्पतालभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू भनेर सर्वोच्च अदालतले फैसला गरेपछि देशका अधिकांश सरकारी अस्पतालमा यतिबेला अस्पतालकै फार्मेसी सञ्चालनमा ल्याएका छन् । तर, आयुर्वेद चिकित्सालय नरदेवीले भने सर्वोच्चको फैसला पालना गर्न छाडेर चलाइरहेको औषधि पसलसमेत बन्द गराइदिएको छ । 

चिकित्सालयले सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै सञ्चालनमा आइरहेको फार्मेसी पसल २ महिनाअघि बन्द गराएको हो । अस्पतालले आफ्नो औषधि पसल बन्द गराएपछि बिरामीहरु निजी फार्मेसीमा चर्को शुल्क तिरेर औषधि खरिद गर्न बाध्य भएको गुनासो एक बिरामीले गरे । 

स्रोतका अनुसार, डा. श्यामबाबु यादव चिकित्सालयको महानिर्देशकमा नियुक्त भएर आएलगत्तैदेखि औषधि पसल बन्द भएको हो । लामो समयदेखि औषधि पसल बन्द रहे पनि व्यवस्थापनले सञ्चालनका लागि कुनै तदारुकता नदेखाएको अस्पतालकै एक कर्मचारीले बताए । यसबारे जानकारी लिन महानिर्देशक यादवसँग सम्पर्कको प्रयास गर्दा चिकित्सालयका कर्मचारीले व्यस्त रहेकाले पछि सम्पर्क गर्न आग्रह गरे । 

निजी फार्मेसीसँगको मिलेमतोमा विगतदेखि नै चिकित्सालयका चिकित्सकहरुले औषधि पसल सञ्चालनमा उदासीनता देखाउँदै आएका छन् । कतिसम्म भने केही चिकित्सकले सम्बन्धित केही फार्मेसीले मात्रै बुझ्ने गरी प्रस्क्रिप्सन लेखिदिएर बिरामीलाई भनेकै स्थानमा जान बाध्य पार्दै आइरहेका छन् । पछिल्लो समय औषधालयको पसल बन्द गराएर व्यवस्थापनले निजीको हितमा काम गरेको गुनासो बिरामीहरुको छ । 

यता, चिकित्सालयका महानिर्देशक डा. यादव नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुछिएका छन् । यादवको इन्टरमिडियट तथा एमडी तहको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाउँदै अख्तियारमा उजुरी परेको छ । अख्तियार स्रोतका अनुसार, अहिले उनीमाथि लागेको अभियोगबारे छानबिन भइरहेको छ ।