🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’व्यास नगर साइनिङ स्टार\’को उपाधि रानालाई

तनहुँ, २३ भदौ । जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधिबाट सदीक्षा राना विजयी भएकी छिन् । गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन् । 

उपाधि चुम्न सफल रानाले रू २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् । आभा श्रेष्ठ फस्ट रनरअप बन्दै रू १५ हजार २३ र सदीक्षा थापामगर सेकेण्ड रनरअप बन्दै रू १० हजार २३ बाट घोषित भएका छन् । 

उक्त प्रतियोगितामा १० वर्षमाथिका र १५ वर्षमुनिका दुई बालकसहित २० बालबालिका सहभागी रहेको जेसिआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएको जेसिआईले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको उहाँले बताउनुभयो । 

कोरोनापछिको दोस्रो प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । कोरोनाको अवधिमा प्रतियोगिता गर्न नसकिए पनि अहिले सहज परिस्थिति भएकाले निरन्तरता दिन थालिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती र कला संस्कृतिलगायतका क्षेत्रमा जेसिआईले जोड दिँदै आएको छ ।

 
श्रेष्ठका अनुसार बालबालिकालाई विभिन्न प्रशिक्षकबाट एक महिनासम्म तालिम प्रदान गरी प्रतियोगितामा सहभागी गराइएको हो । विजयी प्रतियोगीलाई नगरप्रमुख बैकुण्ठ न्यौपाने, जेसिआई नगरका अध्यक्ष राजु रानालगायतकाले पुरस्कार प्रदान गर्नुभएको थियो । उत्कृष्ट १० अवार्डबाट विभिन्न व्यक्तिलाई पुरस्कृतसमेत गरिएको छ ।