१. लाेकतान्त्रिक संङघीय व्यवस्थामा समेत निर्वाचित सभासदहरू समेतवाट कन्चनपुर बलात्कारपछि भएको हत्या काण्डको सत्य तथ्य अनुसन्धान हाेस् र दाेषीलाई कार्रवाही हाेस् भन्ने माग दावीसहित गृहमन्त्री रामबहादुर थापा बादललाई सांसद लेखराज भट्टलगायत अन्य सांसदहरुसहितको टिमले ज्ञापनपत्र बुझायो।
सांसदहरुसहितको टिमले ज्ञापनपत्र बुझाउँउनु परेकाे अवस्थालाई संङघीय सरकारले अत्यन्तै गम्भीररूपले मनन गरी अावश्यक स्वतन्त्र उच्च न्यायिक समिति वा अायाेग गठन हुनु जरूरी छ । ताकि अागामी दिनमा समेत अपराधिकतत्व तथा समूहहरूकाे मनाेवल नबढाेस् ।
२. सुरक्षा निकाय र प्रशासन प्रमुखको सरूवा कारवाही हुनुहुदैन …अनुसन्धानका प्रकृयाका पाटा तथा अायामहरू उपयाेग समयमै अत्यन्तै निश्पक्ष र सजगतापूर्वक हाेस् । हेलचक्रयाइ नहाेस, कम अांकलन नहाेस …विगतका दिन देशमा न्यायालय, व्यवस्थापिका र कार्यपालिका वीचकाे असमझदारी र अनुत्तरदायी अवस्थाका खुल्ला खेल चालढालका उपजहरूकाे नतिजा क्रमशः समाजमा छताछुल्ल भइरहेका छन ।
काम, अधिकार, क्षमतामा, तैनाथी र परिचालन व्यवस्थापनमा असमझदारी र दाेहोराे नपर्ने गरी Security Sector Re-Engeneering हुन नसक्नु …चल्तीका नाम गाडी कै रूपमा राख्नुले संघीय प्रणालीकाे असफलताकाे संकेत दिइरहेकाे छ । अझै अवसर छ देशकाे पहिचान, प्राथमिकता र रणनीति तयार भएमा जन्मभूमिकाे एक मुठीमाटाे साक्षी राखी देशभक्ति, राष्ट्रियताकाे खदिलाे जगमा रही दिगाे विकास, भरपर्दाे सुरक्षाकाे अाधारशीला मजवुत तुल्याउन सके । प्रान्त र संघीय सुरक्षा सम्न्वय संयन्त्र खै ? संघीय अनुसन्धान कता ?
३. देश सामान्य अवस्था छ भन्न सिकिने स्थिति छ भन्ने सायद भूल हुनेछ । एकपछि अर्का नाैला नाैला सम्स्या, घटना भइ रहेका छन । हत्या अपराध, वलात्कार, घाेटाला भ्रष्टाचार, छली, विराेध बढिरहेका छन । देशकाे अर्थतन्त्र नाजुक छ भने मानवीय सूचांक समेत दयनीय अवस्थामा छन । विकासका काममा समन्वय र एकीकृत याेजनाहरूकाे कार्यान्वयनकाे अभाव स्पष्ट छन । देशमा कसरी कमजाेर र कमजाेरी भइरहेका छन सुरक्षा निकायहरूका इन्टेलीजेन्स तथा राष्ट्रिय अनुसन्धान संगठन ?
प्रधानमन्त्री कार्यालयमा लगिएकाे अवधिमा क्षमता र संयन्त्र विकास के भयाे त ? स्मरण रहाेस् अवका दिनमा सुरक्षा चुनौतीकाे अायाम अझै त्रासपूर्ण र सनुयाेजित एवं रणनैतिक हुने संकेतका गतिविधिकाे छनकाे अाभाष भएकाे तर्फ समेत सवै तहका सरकारकाे ध्यान र इमान्दारिताकाे अावश्यकता महसुस भइरहेका छन । देशलाई पुनः असन्तुलन तथा अस्थिरताकाे दलदलमा नपाराै ।
४ . प्रशासन सेवामा सवैलाई सीडीअाे वनाएर नखटाउ, विशेष सेवा हाे …. । गृह प्रशासन सेवा पध्दति विकास गर । विशेष तालिम दिएर खटाउ । प्रशासन तथा सवै सुरक्षा अधिकारीकाे स्वास्थ्य परीक्षण प्राव्धान लागू गर र अध्यावधिक पनि गराउ । कन्चनपुर आन्दोलन प्रतिनिधि घटना मात्र हुन । तराई, राजमार्ग र शहरकाे सुरक्षामा ख्याल गरौँ । मूलतः प्रमुख कारकतत्वहरूमा ध्यान दिई निराकरणमा लागाै ।
५. विगतमा टीकापुर घटनामा गठित अायाेगकाे सुझाव अध्ययन मनन भइ सुधारात्मक काम कार्वाही नभएकाे जस्तै नहाेस कानूनी राज्यमा हेक्का भया …चेतना भया ….!
Hate Crime, Punish the Criminal !
Hate Corruption, Save our Nation !!



