🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संबिधानसभा अध्यक्ष नेम्वाङको सम्झनामा सबै प्रदेशमा बिचार गोष्ठी हुँदै

काठमाडौं, २ असोज । नेकपा एमालेले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी गर्दैछ ।

एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा हालै दिबगंत नेताको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

गत शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो । जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेश, कोशी प्रदेशमा रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा दिबगंत उपाध्यक्ष नेम्वाङले संबिधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा परिचर्चा गर्नेछन ।

नेम्वाङको मिति २०८० भदौ २६ गते मंगलबार हृदयघातका कारण निधन भएको थियो ।