🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर

काठमाडौँ, ४ असोज । नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा नजान र गयल भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएपछि शिक्षक–कर्मचारीले कानुनीरूपमा बच्ने र आन्दोलनलाई पनि साथ दिने बाटो रोजेका हुन् ।

महासङ्घको काठमाडौँ महानगपालिका समितिका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले महानगरका प्रधानाध्यापकहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुने र सडकै हाजिर गर्ने निर्णय गरेको जनाउनुभयो । उहाँहरूले आन्दोलनका कारण क्षति भएको पढाइ अतिरिक्त कक्षाहरूबाट पूर्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन थालनी गरेको हो ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।
–––