🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरणको राजनीति गरिरहेछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर सरकारले गरेको नराम्रो काममा पनि साथ दिने गरेको आरोप लगाएका छन् ।

२०८० असाेज ५ गते शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरणको राजनीति गरिरहेको भन्दै राष्ट्रपति पौडेलले बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता भएर साथ दिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘सरकारले राजनीतिक अपराधीकरण र अपराधीकरण को राजनीति गरिरहेको छ । अपराधी जेलमा बस्नुपर्दैन प्रोफेसरको ढाड भाँच्यो भने मुद्दा फिर्ता लिन्छ । राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञता हुनुहुन्छ । अ जे लग्यो त्यो बढो खुसीको साथ लिने यो अवस्थामा छ ।’

उनले सरकारले हिंसा फैलाउनका लागि फागुन १ गतेलाई राष्ट्रिय उत्सव घोषणा गरेकामा असहमति जनाउँदै भने, ‘सरकारको ध्यान कता छ भने हिंसा गरेको दिन फागुन १ गतेलाई राष्ट्रिय उत्सव घोषणा गर्ने बिदा दिने हिंसा सुरु गरेको दिनलाई । एड्स चाहिँ रोक्नका लागि मनाइन्छ । हिंसा दिवस रोक्नका लागि होइन फैलाउनका लागि हो ।’