🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुन किन्ने बहानामा चोरी गर्ने युवायुवती र चाेरीकाे सुन खरिद गर्नेहरू समेत पक्राउ

काठमाण्डौँ उपत्यकाको विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा चार जना चाेरहरू पक्राउ परेका छन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय  मिनभवन, काठमाण्डौं   कार्यालयबाट खटिएको प्रहरी टोलीले  २०८० असाेज ५ गते का.म.न.पा.वडा नं. १६ पुरानो गुहेश्वरीबाट जिल्ला काठमाण्डौँ तारकेश्वर न.पा. वडा नं. ९ घर भई हाल जिल्ला काठमाण्डौँ ढुङ्गेधारा बस्ने धर्म महर्जनको छोरी वर्ष ३३ की रत्न महर्जन र जिल्ला काठमाण्डौँ तारकेश्वर न.पा. वडा नं. ४ पुरानो गुहेश्वरी बस्ने कुमार पुतुवारको छोरा वर्ष २२ को सुमन पुतुवारलाई पक्राउ गरेकाे हाे ।

 पक्राउ परेकाहरूका बारेमा थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर काठमाण्डौँ पठाईएको जानकारी काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएकाे छ ।

\"\"

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, निजहरुको बारेमा अनुसन्धान गर्दै जाँदा चोरी गरेको सुनका गरगहनाहरु खरिद गर्ने मानिसहरुलाई समेत मिति २०८० असाेज ०८ गते पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौँ पठाईएको जानकारी दिइएकाे छ ।