🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री र एमसीसीकी कार्यकारी अधिकृत एलिसबिच भेटवार्ता

काठमाडौं, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट बिच भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसले भेटबार्ता गरेकी हुन् । 

गत आइतबार साँझ काठमाडौं आइपुगेकी अल्ब्राइटले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्। हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेकी थिइन  ।  

प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना नाघेको छ । सो परियोजना कार्यान्वयनमा आए पछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो । 

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ ।