🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल–भारत परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न

काठमाडौँ, २० असोज । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ । 

बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गानाले गर्नुभएको थियो भने भारतीय टोलीको नेतृत्व  विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो । दुवै प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागिता थियो । 

द्विपक्षीय सुरक्षा सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले २० वर्षअघि नेपाल–भारत द्विपक्षीय परामर्श समूह गठन भएको हो । सुरक्षासम्बन्धी सहकार्य गर्ने भारत र नेपालबीचको यो एउटा महत्वपूर्ण संस्थागत संयन्त्र हो ।